समाचार
योजनाको अन्तिम किस्ता माग्दा के-के कागजातहरु आवश्यक छन् ?
योजनाको अन्तिम किस्ता माग्दा निम्न कागजातहरु आवश्यक छन् :
- सम्बन्धित वडा कार्यालयबाट अन्तिम किस्ताको लागि सिफारिस
- सार्वजानिक लेखा परीक्षण माइन्युट र सार्वजनिक परीक्षण फारम नियमानुसार भरिएको
- उपभोक्ता समितिले अन्तिम किस्ताको लागि माग गरेको निर्णयको प्रतिलिपि
- खर्च गरेको बिल भरपाई
- काम सुरु अघि, काम गर्दा र सकिएपछिको फोटो
- अन्तिम किस्ता पाउँ भन्ने व्यहोराको सम्बन्धित उपभोक्ता समितिको निवेदन
- प्राविधिक शाखाबाट बनाइएको अन्तिम भुक्तानी बिल