FAQs Complain Problems

वडा नं ६ - पाखापानी

वडा नं ६ को श्रोत नक्शा

वडा नं ६ को संक्षिप्त परिचय

पाखापानी

स्थानीय बूढापाकाहरुका अनुसार धेरै पहिला पाखापानी भन्ने बस्ती एकैठाँउमा रहेको थियो । उक्त ठाँउमा पानीको श्रोत थिएन । खानेपानीका लागि गाउँभन्दा छुट्टै पर एउटा ठूलो पाखामा पानीको मुहान थियो । स्थानीय बासिन्दाहरु सोही पाखामा रहेको पानीको मुहानबाट दैनिक रुपमा खानेपानी ल्याई गुजारा गर्ने गर्दथे । यसरी पाखाबाट पानी ल्याउँदा उक्त गाँउलाई पाखाबाट पानी ल्याउने गाँउ भनेर चिनिन थालियो । यसरी पाखाबाट पानी ल्याउने ठाँउ, पाखाको पानी हुँदै गाउँको नाम नै पाखापानी हुन गएको हो । सोही पाखापानी गाँउको नामबाटै तत्कालीन गाँउ पञ्चायतको नाम पाखापानी राखियो र गाविस भएपछि पनि सोही पाखापानी नाम नै कायम रही आएको छ। यस पाखापानी नाउँबाटै धेरै वर्ष गाउँ पञ्चायत तथा गाविस रहि आएकोमा साविकाको यस गाविस हाल रघुगंगा गाउँ पालिकाको वडा नं.६ मा पर्दछ ।

Population: 
२२५८
Ward Contact Number: 
९८०५२८५०४२