FAQs Complain Problems

समाचार

वडा नं ७ - चिमखोला

वडा नं ७ को श्रोत नक्शा

वडा नं ७ को संक्षिप्त परिचय

 चिमखोला

चिमखोला गाउँको इतिहास र परिचय नामक पुस्तकका लेखक प्रेम बलामी पुनका अनुसार चिमखोला गाउँको प्राचीन नाम शीर गाउँ भनि उल्लेख गरिएको छ । चिमखोला गाउँको उत्तर र धौलागिरी आधारक्षेत्रसम्म कुनै वस्ती नभएको अनकण्टार ठाउँ थियो । गाउँको चारैतिर घना जंगल थियो । पूर्वबाट दक्षिणतर्फ बगेको गाउँ खोला (बगरखोला) यही घना जंगलको अँध्यारो भाग हुँदै बगेको छ । जंगलको अँध्यारो भागलाई चिम्म (अँध्यारो) भनियो र सोही भागबाट बगेको खोलालाई चिम्मखोला भनियो । सो चिम्मखोलालाई पछि उच्चारण गर्दै जाँदा चिमखोलामा परिणत भयो र यसैको नामबाट गाविसको नामाकरण भएको हो भनि चिमखोला गाउँको इतिहास र परिचय नामक पुस्तकमा उल्ल्ेख गरिएको छ । बस्ती बिस्तारको क्रममा मंगले भन्ने ठाँउमा छन्त्याल जातिहरु बस्न थालेपछि उक्त ठाँउलाई शीरगाँउ भन्न छोडियो र चिमखोला नै भन्न थालियो । यसरी सोही चिमखोला नाम नै लोकिप्रिय भई हालसम्म कायम हुँदै आयो ।

Population: 
७९०
Ward Contact Number: 
९८४७७२३४५६

जन प्रतिनिधि