FAQs Complain Problems

समाचार

वडा नं ३ - राखु पिप्ले

वडा नं ३ को संक्षिप्त परिचय

राखु पिप्ले

यो क्षेत्र जोससोम बेनी सडक खण्ड बन्न अगाडी प्रख्यात मुक्तिनाथ मन्दिरमा जाने पैदल मार्गको मूल बाटोमा पर्दछ । यही मूल बाटोबाट वर्षेनी हजारौं तीर्थालुहरु मुक्तिनाथ क्षेत्रमा जाने आउने गर्दथे । त्यस समयमा बाटोमा आउने जानेहरुको सुविधाको लागि बाटोमा पाटीपौवा, धारा, कुवा, फलफूलका बगैंचाहरु बनाइदिने, सितलताको राखी बृक्ष रोपन गर्ने गरिन्थ्यो । धार्मिक कारणले पनि यस्तो सामाजिक काम गर्ने प्रचलन बढी थियो । यात्रुका सुविधाका लागि बनाइएका यस्ता सुविधाका वस्तुहरु तत्कालीन महाराजा गिर्वाणयुद्ध शाहकी माइली बडामहारानी सुवर्णप्रभादेवी यसै मार्गबाट मुक्तिनाथ दर्शन गर्न आए पछिअझ व्यवस्थित गरिएको मानिन्छ । यस्तै म्याग्दीकै रत्नेचौर निवासी बसन्त बोगटीले पनि पौवा, आपँको बगैंचा, आदिबाट पनि महारानी धेरै प्रभावित हुनुभएको थियो । नदी तथा खोलामा पुल, उकालो सिढीमा ढुंगा छाप्ने काम, फराकिलो घोडेटो बाटोको निर्माण, बाटोको दायाँबायाँ ठाँउ ठाउँमा वर, पिपल, स्वामीका विरुवा रोप्ने, पानीका कुवा बनाइदिने, घामपानीमा ओतको लागि पौवा, ठाँटी निर्माण गर्ने जस्ता धार्मिक कार्यहरु गरिएको देखिन्छ । त्यसबेलाका यस्ता संरचनाहरु अहिले पनि प्रशस्तै देख्न सकिन्छ । साविकको यस राखु पिपले गाविसमा मात्र पचास भन्दा बढी स्थानमा यस्ता पिपल, स्वामी, वर तथा चौतारीहरु देख्न सकिन्छ । यसरी यो क्षेत्रभरी बटुवा, पशुपंक्षी सबैलाई सितलता प्रदान गर्ने पिपलका रुखहरु धेरै भएको कारण यो क्षेत्रलाई पिपले नाम राखिएको हो । साविकको राखु पिप्ले गाविसको पुरै भाग हाल रघुगंगा गाउँपालिकाको वडा नं.२ मा पर्दछ।

Population: 
३८४०
Ward Contact Number: 
९८५११७३६१२