FAQs Complain Problems

भगवती मन्दिर

Read More

टोड्के हिल्स

Read More

रघुगंगा गाउँपालिका जनप्रतिनिधि

Read More

रघुगंगा गाउँपालिका भवन

Read More

संक्षिप्त परिचय

यस गाउँपालिकाको नाम यहाँ रहेको प्रसिद्ध रघुगंगा नदीको नाम बाट राखिएको हो । धौलागिरी हिमालबाट  यस रघुगंगा नदिले यस रघुगंगा गाउँपालिकाको वडा नं.१ र २ बाहेकका सबै वडालाई छोएर बग्दछ । यस क्षेत्रमा यस नदीलाई सुनौली खोला, राहुघाट र रबरखोला नामले समेत चिनिने गर्दछ । यस गाउँपालिकाको केन्द्र वडा नंं.३ स्थित मौवाफाँटमा रहेको छ । तत्कालिन स्थानिय तह पुनःसंरचना आयोगले वडा नं.६ स्थित पाखापानीलाई अस्थायी मुकाम तोकेर सोही अनुसार स्थानिय निर्वाचन सम्पन्न गराएको थियो । पाखापानीमा केन्द्र अधिकांशलाई अपायक पर्ने भन्दै मौवाफाँटलाई केन्द्र तोक्न आन्दोलन समेत भएको थियो ।२०७४ साल भाद्र ५ गते रघुगंगा–३, घुमाउनेताल

Pages

जन प्रतिनिधि

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
सूचना अधिकारी

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- प्राविधिक शाखा
सेवा दिने कार्यालयः- रघुगंगा गाउँपालिका
सेवा शुल्कः- १ निवेदन फाराम रु. ५००।– २ भूइतला र पहिलो तलामा प्रति वर्ग फिट रु. ४।– ३ दोस्रो तला प्रति वर्ग फिट रु. ५।– ४ तेस्रो र चौथो र सो भन्दा माथि तलमा प्रति वर्ग फिट रु. ८।– ५ बजार क्षेत्रमा निर्माण हुने पर्खालको प्रति वर्ग फिट रु. ०।३० कच्ची घर निर्माणको अनुमति
आवश्यक कागजातहरुः-

१. घरको नक्सापास गरिपाउ भनी दिएको निवेदन
२. सम्बन्धित व्यक्तिको नागरिकताको प्रतिलिपि
३. घर निर्माणको लागि नगरपालिकाबाट लिएको अनुमति
४. जग्गाको जग्गाधनी प्रमाणपत्र, ट्रेस नक्सा
५. तोकिएको ढांचा र मापदण्ड अनुसार तयार गरिएको घर नक्सा २ प्रति
६. घरको नक्सा बनाउने प्राविधिकबाट नक्सापासको सिफारिस
७. चालु आर्थिक वर्षमा नगरपालिकालाई एकिकृत सम्पत्ति कर तिरेको रसिद

सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- योजना शाखा
सेवा दिने कार्यालयः- रघुगंगा गाउँपालिका
सेवा शुल्कः- शुल्क नलाग्ने
आवश्यक कागजातहरुः-

१. योजना फरफारक गरिदिने वारेको निवेदन ।
२. प्राविधिकबाट मुल्याङ्कन भएको कार्य सम्पन्न प्रतिवेदन ।
३. वडा कार्यालयबाट फरफारक गरिदिने वारेको सिफारिस पत्र ।
४. खर्चका प्रमाणित विल भरपाईहरु ।
५. आयोजना सार्वजनिक लेखा परीक्षण फारम
६. उपभोक्ता समिति÷अनुगमन समितिबाट आमभेलाको उपस्थितिमा योजना सम्पन्न भएको बेहोरा खुलेको खर्चका शिर्षकगत रुपमा अनुमोदन गरेको निर्णयको प्रतिलिपि
७. रु. ३ लाख भन्दा वढीको योजनाको लागि सूचना पाटी राखिएको फोटो ।
८. कार्यसम्पन्न भएका तस्विरहरु
९. भौतिक पूर्वाधार वाहेकका कार्यक्रमहरुको हकमा कार्यक्रम सम्पन्न प्रतिवेदन ।

सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- योजना शाखा
सेवा दिने कार्यालयः- रघुगंगा गाउँपालिका
सेवा शुल्कः- शुल्क नलाग्ने
आवश्यक कागजातहरुः-

१. योजना तथा कार्यक्रमको सम्झौताको लागि निवेदन ।
२. स्वीकृत लागत अनुमान
३. वडा कार्यालयको योजना सम्झौता गरिदिने वारेको सिफारिस
४. सरोकारवाला उपभोक्ताहरुको भेलाबाट निर्वाचित पदाधिकारीको रोहवरमा भएको उपभोक्ता समिति÷अनुगमन समिति गठनको निर्णयको प्रतिलिपि ।
५. संघसंस्था, समूह, क्लब, समिति आदी जस्ता आधिकारिक संस्थाद्वारा कार्यान्वयन गरिने योजना भए सोही समितिको आधिकारिक निर्णयको प्रमाणित प्रतिलिपि ।
६. समितिका पदाधिकारीहरुको नागरिकताको प्रतिलिपि ।
७. भौतिक पूर्वाधार वाहेक अन्य कार्यक्रमको लागि कार्यक्रम प्रस्ताव

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सदस्य / वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन २०७५ बमोजिम
आवश्यक कागजातहरुः-

१. रु १० को टिकट टाँस गरिएको निवेदन
२. फोटो ३ प्रति
३. जग्गाको लालपुर्जा
४. संधियारहरुको मंजुरीनामा
५. नागरिकताको प्रतिलिपि
६.जग्गा/घर भाडामा लिएको भए सम्झौतापत्र
७. सम्बन्धित चडाको सिफारिस
८. उद्योग वाणिज्य संघको सिफारिसपत्र
९. राजस्व तिरेको रु. २०००।- तिरो रसिद
१०. फार्म, व्यवसायको आवश्यकतानुसार व्यवसायिक योजना
११. चार किल्ला प्रमाणित
१२. यसभन्दा पहिले नै दर्ता गरी PAN/VAT लिएको हकमा PAN/VAT को प्रतिलिपी
१३. मालपोत तिरेको प्रमाण

Pages

जानकारी

You are not authorized to access this content.